आज देशभर सम्पन्न भएको निर्वाचन समग्रमा शान्तिपूर्ण तथा व्यवस्थित रुपमा सम्पन्न भएको छ । पूर्व मेचीदेखि पश्चिममहाकालीसम्म खटिएका इओसी नेपालका पर्यवेक्षकहरुबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार अधिकांश मतदानकेन्द्रहरुमा मतदान प्रक्रिया सामान्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
केही स्थानहरुमा भने छिटफुट विवाद तथा घटनाहरुका कारण केही समयका लागि मतदान प्रक्रिया रोकिएको भएतापनिसम्बन्धित निकायको सक्रिय पहलमा पुनः मतदान प्रक्रिया सञ्चालन भएका थिए ।
जेन्जी आन्दोलनको धरातलमा टेकेर भएको यस निर्वाचनमा युवा मतदाताको सहभागिता मिश्रित देखिएका छन् । विशेषगरीशहरी क्षेत्रको तुलनामा ग्रामीण र पहाडी भेगमा जेन्जी मतदाताहरुको सहभागिता अपेक्षाकृत भन्दा कम देखिएको प्रारम्भिकसूचनाहरुले देखाएका छन् भने महिला मतदाताहरुको संख्या पुरुषहरुको तुलनामा उत्साहजनक भएको पाइयो ।
यसैगरी विविध प्रतिबद्धताहरु समयमै सम्बोधन नगरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै केही मतदान केन्द्रहरुमा मतदाताहरुमतदान प्रक्रियामा सहभागी हुन नआएको समेत पर्यवेक्षणको क्रममा देखिएको छ । विशेषगरी दाङ, दार्चुला र बझाङलगायतका केही मतदान केन्द्रहरुमा मतदाताको उपस्थिती न्यून देखिएको छ । त्यस्तै अधिकांश तराईका जिल्लाहरुमामतदाता शिक्षाको अभावका कारण मत बदरको संख्या वृद्धि हुने अनुमान गर्न सकिन्छ ।
केही मतदान केन्द्र भित्र पर्यवेक्षकहरुलाई प्रवेशमा अवरोध सिर्जना भएको जानकारी आएको छ । यस्ता घटनाले स्वतन्त्र रप्रभावकारी निर्वाचन पर्यवेक्षण सुनिश्चित गर्न थप समन्वयको आवश्यकता औल्याएको छ ।
यसैबीच, केही स्थानहरुमा मृत्यु भइसकेका व्यक्तिहरुको नाम समेत मतदाता नामावलीमा कायम रहेको तथा मतदाता सूचीपूर्ण रुपमा अद्यावधिक नभएको जस्ता विषयहरु पनि देखिएको छ । प्रस्तुत विषयमा सम्बन्धित निकायको ध्यान जानुआवश्यक देखिन्छ ।
यसपटक सुरक्षा निकायको परिचालन व्यवस्थित र प्रभावकारी भएकाले समग्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न गर्न योगदान पुऱ्याएको देखिन्छ । यसका लागी नेपाल सरकार, निर्वाचन आयोग, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा निर्वाचन प्रहरी, साथै राजनितिक दल उम्मेदवार र आम मतदाताहरुलाई इओसी नेपालविशेष धन्यवाद दिन चाहन्छ ।
इओसी नेपालले मतगणना प्रक्रियालाई समेत नजिकबाट पर्यवेक्षण गर्ने छ र देशभर खटिएका आफ्ना पर्यवेक्षकहरुबाटप्राप्त प्रतिवेदनका आधारमा निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्ने छ ।
अघिल्ला निर्वाचनहरुको तुलनामा यसपटक मतदाताको सहभागिता केही कम देखिएको प्रारम्भिक संकेतहरु प्राप्त भएकाछन् । यस बारेमा खोज तथा अध्ययन आवश्यक रहेको छ, लोकतन्त्रमा जनताको सहभागिता न्यून हुनु भनेको लोकतन्त्रलाईकमजोर बनाउने संकेतको रुपमा इओसी नेपालले लिएको छ ।
श्रीकृष्ण सुवेदी
अध्यक्ष
निर्वाचन पर्यवेक्षण समिति नेपाल
मिति २०८२ फाल्गुन २१ गते
Mar 05, 2026
Mar 05, 2026
Mar 05, 2026
Mar 05, 2026
Mar 05, 2026